झापाको कनकाई पुलमा बम राखेर आतङ्क फैलाउने खरेल पक्राउ

झापा
२०८२ पौष २५ गते , शुक्रबार


झापामा बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कनकाई –४ स्थित कनकाई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने  झापाको कनकाई नगरपालिका-८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।  पूर्वपश्चिम राजमार्गमा पर्ने माई खोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शङ्कास्पद वस्तु अरीदमन गण स्थित नेपाली सेनाले त्यति बेला  निष्क्रिय पारेको थियो । 
प्रेसर कुकर बमसँगै  सनातन सुरक्षा सेना नेपालको पर्चा समेत  भेटिएको थियो ।  खरेल यश अघि पनि  पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । 
  २०८१ साल पुसमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । त्यस समयमा पनि खरेल पक्राउ परेका थिए । 
पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी-२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए। 
खरेलले पछिल्लो केही वर्ष देखि  झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।  
२०७८ साल अघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएको पाइएपछि  २०८१ साल चैत्रमा पक्राउ परेका थिए । उनी जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको पनि प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment