चारआलीमा एकजना मृत फेला

झापा

२०८२ माघ १८ गते , आईतबार


झापाको चारआलीमा एकजना मानिस मृत फेला परेका छन् । गएराति मेचीनगर १३ चारआली बस्ने जीवन कार्कीको घरको बरन्डामा पाँचथर फिदिम ४ घर भई विगत ९–१० वर्षदेखि चारआली क्षेत्रमा मागी खाइहिँड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमान्डमा टोली खटिएर कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment