२०८२ माघ २६ गते , सोमबार
झापाको कचनकवलमा नवजात शिशु मृत फेला परेको छ । हिजो बिहान कचनकवल-३ डाँगीवारि बस्ने खेलबहादुर राजवंशीको घर पछाडि परालको कुन्यूछेउमा नवजात शिशु मरेको अवस्थामा फेला परेको हो । हरियो कपडाको सलले बेरेर नवजात शिशु (छोरा) जन्माई सालनालसहित फ्यालिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार सो नवजात शिशु त्यहीकी १७ वर्षीय किशोरीको रहेको भन्ने बुझिएको छ । कानुनी प्रक्रिया पुरा गरी शिशुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
यता प्रहरीले अनुसन्धानको लागि कचनकवल-४ केचना बस्ने १८ वर्षीय हेम राजवंशीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । ती किशोरी सुत्केरी रहेकीले केही दिनपछि पक्राउ गरिने प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट गर्भमा रहेको शिशुलाई जन्माएर ती किशोरीले फालेको जनाइएको छ ।

0 comments:
Post a Comment