इलाम, असार ५ । इलामको सन्कपुर गाउँपालिका–१ भित्तेमा चट्याङ लाग्दा एक गाई र एक सुँगुरको पाठा मरेका छन्।
आज बिहान करिब ३ बजे वर्षासँगै परेको चट्याङका कारण स्थानीय धनबहादुर राईको घर नजिकैको गोठमा बाँधिएको एक गाई र सुँगुर खोरमा रहेको एक सुँगुरको पाठा मरेको प्रहरीले जनाएको छ।
घटनाबारे बिहान ६:३० बजे प्रहरी चौकी बन्दुकेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
वर्षायाममा चट्याङको जोखिम बढ्ने भएकाले सुरक्षित स्थानमा बस्न तथा पशुचौपायालाई सुरक्षित व्यवस्थापन गर्न स्थानीयलाई आग्रह गरिएको छ।

0 comments:
Post a Comment