लगातार वर्षापछि मेची राजमार्ग दुई स्थानमा अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द




इलाम, असार १४ – लगातारको वर्षाका कारण इलाममा मेची राजमार्गका दुई स्थानमा पहिरो र रुख ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान प्राप्त जानकारीअनुसार इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा शुक्रबार राति करिब ११:४० बजे लेदोसहितको पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। पहिरोका कारण कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेको छैन। घटनास्थलमा गोलाखर्क प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ भने सडक खुलाउन स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, शनिबार बिहान करिब ५:३० बजे रोङ गाउँपालिका–४ डुमी चोक क्षेत्रमा सडकको भित्ताबाट डिस्को र सखुवा जातका रुख ढल्दा मेची राजमार्ग पुनः अवरुद्ध भएको छ। उक्त स्थानमा पनि किटनी प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ भने सडक खुलाउने प्रयास जारी रहेको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक उक्त सडकखण्डमा यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment