सन्तपुर(सन्दकपुर)गाउपालिका एक चिनारी

नरेशराज खतिवडा 

सन्तपुर गाउपालिका पूर्वकी रानी प्रकृतिको खानी  पुर्वी  नेपालको इलाम जिल्लाका १० स्थानीय निकाय मध्ये प्रमुख एक गा पा हो।पुरानो माइमझुवा ,सुलुबुङ्ग ,माबु ,जमुना र माइपोखरी ४-९ मिलेर बनेको इलामको सुदुरपुर्बी भागमा अवस्थित २७.००उत्तरी अक्षांश र ८७.९ पूर्वी देशान्तरमा समुद्री सतहबाट १८०० देखि ३६३६ मिटर उच्चाइमा क्षेत्रफल १५६.२ बर्ग किलोमिटर र करीब १७ हजार जनसंख्या रहेको छ।सीमामा पुर्बमा भारत ,पश्चिम इनपा ,उतर पाचथर जिल्ला र दक्षिणमा जोगमाइ गापा र इनपा पर्दछ।।
सन्तपुर प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण इलामको एक बिशेष पर्यटकीय क्षेत्र  हो।यहाँ बिश्व रामसार सुचिमा सुचीकृत माइपोखरी (२१२१मि)रामसार क्षेत्र ,इलामकै सबैभन्दा अग्लो सिखर सन्तपुर (३६३६ मि),छिन्तापु(३३५३मि),टप्पु ,माबुथाम ,हागेथाम,जौबारी र नेपालको दोस्रो अग्लो झरना टोड्के झरना ( २७८फिट),जमुनाको ढाप पोखरी ,कालपोखरी ,सुकेपोखरी ,लामपोखरी ,हासपोखरी लगायतका अत्यन्त्यै रमणीय मनमोहन क्षेत्र रहेका छन।यहाँ बिशेष गरेर माइपोखरी मा ठुली एकादशी र नयाबर्षमा विशेष मेला र  जमुनामा कागेमेला र प्रत्येक गाउमा हप्तेमेला जस्तो देउराली शुक्रबारे ,माइमझुबा बुधबारे ,माबु सोमबारे,जमुना बुधबारे,जौबारी बिहिबारे हाट लाग्ने गरेका छन।
यहाबाट अधिकांश मानिस कृषि काम गर्दछन भने धेरै सिङ्गापुर पुलिस ,ब्रिटिस आर्मी,इन्डियन आर्मी ,नेपाल पुलिस अार्मी र सामाजिक सेवामा सेवारत छन।।
सन्तपुर भौगोलिक रुपमा केहि बिकट भएपनि अधिकाश घरमा कच्ची मोटरबाटो ,स्वच्छ खानेपानी ,पक्की ट्याइलेट ,बिद्धुत सुबिधा र बिधालयको सेवा उपयोग गर्दैअाइरहेका छन।यहाँ  एक उच्च मा बि ,४ माबि र प्राय वडैपिच्छे  प्राथमिक बिधालय ,५ हेल्थपोष्ट , एक प्रहरी चौकी र  स्थानीय गिताङ खोला र माइखोलाबाट १२ मेगावाट बिद्धुत उत्पादन गर्दै अाइरहेको छ।
यहाँ प्राय चिया ,अलैची ,अम्लिसो ,अदुबा ,अकबरे ,आलु ,किवी ,लोक्तो ,लोडसल्ला ,जडिबुटी चिराइतो आदी मुख्य बाली हुन र पशुपालन गाई ,भैसी ,भेडा ,बाख्रा माछा पालन रहेको छ।
   बिशेश गरेर गुरुङ ,राई ,क्षेत्री ,बाहुन,तामाङ ,लिम्बू ,सुनुवार,कामी ,दमाई लगायतका विभिन्न जातजातिको  विभिधतामा एकता भएर मिलेर बसोबास गरेको क्षेत्र हो।यहाँ बिशेष हिन्दु ,बौद्ध धार्मिक बाहुल्य क्षेत्र हो हाल आएर केही क्रिश्चियन समुदाय पनि रहेका छन।बिशेष माइपोखरी ,माइको उद्गम स्थल माइको सिर,सरस्वती भगवति मन्दिर ,माबु बौद्ध गुम्बा ,जमुना बौद्ध गुम्बा ,फेमेगुरु बौद्ध गुम्बा यहाका प्रमुख धार्मिक स्थल हुन।यहाँ सबै जातजाति र धार्मिक सहिष्णुताको एक नमुना क्षेत्र हो।यहाँ किरात नाच ,बालन  नाच , लिम्बू नाच ,देउसीभैलो यहाका बिशेष चिनारी  हुन।
सन्तपुर  एक प्रमुख पर्यटकीय क्षेत्र  हो ।इलाम सदरमुकाम बाट ३६ किलोमिटर उत्तरमा पर्ने इलामकै सर्बोच्च शिखर यहाँ २८ प्रकारका लालिगुरास ,विभिन्न जडिबुटी ,बिश्वको दुर्गम रेडपाण्डा  लगायत शुर्योदय ,शुर्यास्त र बिभिन्न हिमालहरु जस्तो सगरमाथा ,कञ्चन जङ्घा,कुम्भकर्ण,मकालु हिमालको मनमोहन दृश्य साथै  नेपाल,भारत ,भुटान का विभिन्न भाग मज्जाले नियाल्न सकिन्छ।यहाँ  बसन्त र  सरद ऋतुमा नेपाल  भारत , भुटान  ,पाकिस्तान ,अमेरिका   ,युरोप लगायत का हजारौं पर्यटन आउने गरेका छन।अझ सन्तपुरको पर्यटनको  मात्र राम्रो प्रचारप्रसार र बिकास गर्न सके सम्पूर्ण नेपालको बिकासमा कोसेढुङ्गा  साबित हुनेछ।
धन्यावाद।
नोट:- छुटफुट र थप सामग्री भए  कमेन्ट गरिदिनु होला ।
र सन्तपुर खास नाम र नेपाली शब्दकोषमा पनि सन्तपुर नै  भएको  र खास पौराणिक काल देखिनै  सन्तपुर नाम रहेको तर  स्थानीय निकायको नामाकरणको क्रममा नेपाली शब्दकोषमा पनि नभएको सुन्दा उस्तै लाग्ने बिनाअर्थको सन्दकपुर शब्द प्रयोग भएकोले नाम सच्याउन सम्बन्धित सरोकारवाला  सबैमा  विनम्र अनुरोध गर्दछु।।
लेखक सन्दकपुर गाउपालिका माइमझुवा, इलामका हुन
सन्दकपुर गाउँपालिकाका केही तस्वीरहरु







प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता