इलाम, १२ फागुन २०८२
आज दिउँसो करिब २ बजेको समयमा परेको असिना पानीसँगैको चट्याङका कारण इलाम नगरपालिका–३ का तीन जना घाइते भएका छन्।
स्थानीय बुबा तिल बहादुर खत्री, उनका छोरा तारा खत्री र पुष्प विष्ट चट्याङ लागेर घाइते भएका हुन्। घटनामा पुष्प विष्टको हल गोरु एक वटा मरेको छ।
घाइतेमध्ये पुष्प विष्टलाई प्राथमिक उपचारपछि अवस्था जटिल देखिएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित अस्पतालमा रेफर गरिएको छ। बुबा–छोरा तिल बहादुर खत्री र तारा खत्रीको भने इलाम अस्पताल मा उपचार भइरहेको छ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। यस घटनाबारे थप विवरण संकलन भइरहेको छ।

0 comments:
Post a Comment