उपचारका क्रममा एमाओवादी नेता बोगटीको निधन
अन्तिम श्रद्धाञ्जलीका लागि साढे ९ बजे पेरिसडाँडा र ११ बजेपछि खुल्लामञ्चमा राखिने
३० भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वमन्त्री पोष्टबहादुर बोगटीको उपचारका क्रममा निधन भएको छ ।
हृदयघात र मष्तिकघात भएपछि अस्पताल भर्ना भएका बोगटीको सोमबार बिहान निधन भएको हो ।
बोगटीको नर्भिक अस्पतालमा भेन्टिलेटर (कृत्रिम श्वासपश्वास दिएर) मा राखेर उपचार भइरहेको थियो ।
बोगटीको मस्तिष्कमा स्वाइलिङ बढेको थियो भने मस्तिष्कको देव्रे भागमा रत्तस्रावसहित रगत जमेको थियो भने शरीरको दाहिने भागमा पक्षपात भएको थियो ।
अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने
अन्तिम श्रद्धाञ्जलीका लागि बोगटीको पार्थीव शरीरलाई एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिने भएको छ ।
बिहान साढे ९ बजेपछि उनको पार्थीव शरीरलाई कोटेश्वरमा राखिने एमाओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
११ बजेपछि खुल्ला मञ्चमा राखिने
पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि बोगटीको पार्थीव शरीरलाई खुल्ला मञ्चमा राखिने भएको छ । बिहान ११ बजेपछि बोगटीको पार्थीव शरीरलाई खुल्ला मञ्चमा राखिने एमाओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।
एमाओवादी केन्द्रीय पदाधिकारीको आकस्मिक बैठक बस्दै
एकीकृत नेकपा माओवादीका केन्द्रीय पदाधिकारीको आकस्मिक बैठक केहीबेरमा पेरिसडाँडामा बस्दैछ । नर्भिक अस्पताल परिसरमा रहेका एमाओवादी नेता अग्नि सापकोटाका अनुसार बोगटीको पार्थीव शरीरलाई पेरिसडाँडा पुर्याएपछि आकस्मिक बैठक बस्नेछ ।
बैठकमा बोगटीप्रति श्रद्धाञ्वली अर्पण गर्ने, राष्ट्रिय सम्मान प्रदान गर्न सरकारलाई आग्रह गर्ने लगायतका विषयमा छलफल गरिने सापकोटाले जानकारी दिए ।
0 comments:
Post a Comment