
शनिबार भएको फाइनल खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मिलन क्रिकेट क्लवले आठ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । जितका लागि मिलन क्रिकेटका खेलाडी सुरज केशीले ३३ रन जोडेका थिए भने बादल भट्टराईले ३२ रन जोडेका थिए ।
१४० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको झापा ११ अठासी रनमा अल आउट हुन पुग्यो । अन्ततः मिलन क्रिकेट क्लवले सान्दार जित हाँसिल ग¥यो । झापा ११ का लागि सागर थापाले १२ र आशिष लिङ्देनले ११ रन जोडेका थिए ।
प्रतियोगिताकै धेरै पटक ६ रन हान्ने, बेस्ट किपिङ र उत्कृष्ठ ब्याटिङको उपाधि आयोजकका दिपेन्द्र मगरले हात पारेका थिए । त्यस्तै अनुशासित टीमको उपाधि इलामको हाइवे स्पोर्टिङ क्लव, उत्कृष्ट क्याच आयोजकका समिर चिपालु, वेस्ट इमेजिङ सन्दिप तामाङ, उत्कृष्ट फिल्डिङ राजु बस्नेत भएका थिए । त्यस्तै म्यान आफ दी सिरिज त्रिवेणी युवा क्लवका सिद्धान्त लोहनी घोषित भएका थिए ।
इलामका युवाहरुले स्थापना गरेको दी पियर फाउण्डेशन नामक संस्थाको आयोजनामा भएको प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण तथा समापन समारोहमा प्रमुख अतिथि तथा ब्यवस्थापिका संसदकी सदस्य लिलादेवी श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान)का सदस्य नरेश श्रेष्ठसहितका अतिथिहरुले पुरस्कार हस्तान्तरण गरेका थिए । फाउण्डेशनका अध्यक्ष टीकाराम पुरीको अध्यक्षतामा सम्पन्न समारोहमा सभाषद् श्रेष्ठ, सदस्य श्रेष्ठ, इलाम क्रिकेट संघका गणेश खतिवडा, फाउण्डेशनका सञ्जिव राई लगायतले शुभकामना, बधाईसहितको मन्तब्य राखेका थिए ।
0 comments:
Post a Comment