तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै


इलाम, २२ कात्तिकः गृह मन्त्रालयले तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न सबैमा अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आइतबार जारी गरेको विज्ञप्तिमा रातको समयमा अवाञ्छित गतिविधिमा
संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो राति १० बजेसम्म मात्रै गर्न अनुरोध गरिएको छ ।
भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकाले तिहार तथा छठ पर्वका अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयातनिर्यात, बिक्री वितरण, परिवहन तथा प्रयोग नगर्न अनुरोध गरेको छ ।  आ–आफ्ना बालबच्चालाई भुँइचम्पा, पटाका, आतसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्न नदिन मन्त्रालयले अनुरोध गरेको छ । यसविपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment