झापाको प्यारीभिट्टा चाहिएजति पेट्रोल र डिजेल

दसैँ यता मेचीनगर–११ प्यारीभिट्टास्थित निर्माणाधिन नयाँ बसपार्कमा सञ्चालनमा आएको ‘तेल बजार’ मा जो कोहीले चाहेजति पेट्रोल र डिजेल किन्न पाइरहेका छन् ।
नाकाबन्दी लगत्तै काँकडभिट्टामा भारतबाट चोर बाटोबाट आयातित गर्ने गरेको इन्धन जताततै बाटोघाटो र व्यस्त बजारमा बिव्रmी गर्न थालिए पछि स्थानीय प्र
शासनले त्यसलाई बजार क्षेत्रबाट हटाएको थियो । अहिले सो बजार प्यारीभिट्टाको बसपार्कस्थित खुला चौरमा सारिएको छ ।
डेढ सय वटा तेलका पसल थापिएको सो स्थानमा दैनिक ४० हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजल बिव्रmी भइरहेको स्थानीय व्यापारी बताउँछन् । व्यापारीले मूल्यमा एकरुपता ल्याउन आन्तरिक अनुगमनसमेत गर्दै आएको बताएका छन् ।
हाल यहाँ डिजेल प्रतिलिटर रु ११५ र पेट्रोल रु १४५ का दरले बिव्रmी भइरहेको छ । जबकी नेपाल सरकारले डिजेलको प्रतिलिटर रु ८१ तथा  पेट्रोलको रु १०४ मूल्य निर्धारण गरेको छ ।
भारतबाट तेल ल्याइदिने व्यापारीले नै महङ्गो दाम लिने गरेको हुँदा सरकारी भाउभन्दा धेरै मूल्य हुनु स्वाभाविक भएको स्थानीय एक तेल व्यापारीको भनाइ छ । ‘तेल बजार’मा भारतीय व्यापारीले तेल ल्याइदिने गरेका छन् ।
भारतबाट मोटरसाइकलको ट्याङ्की र जर्किनमा भरेर ल्याइदिने भारतीय व्यापारीले पेट्रोल र डिजेल क्रमशः प्रतिलिटर रु १४० र रु ११०  स्थानीय नेपाली व्यापारीलाई थोकमा बेच्ने गरेका छन् । यहाँको बजारमा तेल किन्न इटहरी, दमक, विर्तामोड, इलामलगायत टाढादेखि मानिसहरू आउने गरेका छन् । बजारमा तेल भर्न मोटरसाइकल र साना–ठूला गाडीको ताँती नै लाग्ने गरेको छ । यहाँको तेल काठमाडौँ र पोखरासमेत लैजाने गरिएको व्यापारी बताउँछन् ।  तेल भर्न जिल्लाका पत्रकार, सुरक्षाकर्मी, सरकारी कर्मचारी र राजनीतिक दलका नेता कार्यकर्तासमेत यहाँको बजार धाउने गरेका छन् । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment