​ला लिगामा बार्सिलोना र रियाल मड्रिडको सहज जीत

एजेन्सी, १६ पुषः स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना र रियाल मड्रिडले सहज जीत हात पारेका छन् । घरेलु मैदान नेउ क्यापमा भएको खेलमा बार्सिलोनाले रियाल बेटिसलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । बार्साको जितमा लुईस सुआरेजले २ तथा लियोनल मेसीले एक गोल गरे । बार्साले अग्रता भने वेष्टर म्यानले आत्मघाती गोलबाट लिएको थियो ।

यता, क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियाल मड्रिडले रियाल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान सेन्टियागो वर्नवेउमा भएको खेलमा रियाल मड्रिडका लागि अर्को गोल लुकास भेजक्युले गरे । सोसिडाडका तर्फबाट ब्रुमाले एक गोल फर्काए । अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भालेकानोलाई २–० ले पराजित गर्‍यो । एट्लेटिको जितको एन्टोनी ग्रेजम्यान र एन्जल कोरियले समान एक गोल गरे । 

जितपछि एट्लेटिको मड्रिड १७ खेलबाट ३८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रियाल मड्रिडको ३६ अंक छ । रियाल भन्दा एक खेल कम खेलेको बार्सिलोना ३८ अंक जोड्दै लिग तालिकाको शिर्ष स्थानमा यथावत छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment