अफगानिस्तान समुह विजेता, बंगलादेशको सान्त्वना जित

इलाम, अफगानिस्तान भारतमा जारी साफ च्याम्पियनसिप फुटवलमा समुह बीको विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ ।
केरलास्थित त्रिबेन्द्रम रंगशालामा साँझ भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन अफगानिस्तान अन्तिम चारमा प्रवेश गरेको हो । पराजयपछि पनि माल्दिभ्सले उपविजेताका रुपमा सेमिफाईनलमा स्थान बनायो । सेमिफाईनलमा अफगानिस्तानको भेट समुह ए को उपविजेता श्रीलंकासँग हुनेछ भने माल्दिभ्सले समुह ए को विजेता आयोजक भारतको सामना गर्नेछ । दुवै सेमिफाईन खेल आगामी बिहीवार हुनेछ ।
एकतर्फी खेल पस्किएको अफगानिस्तानले पहिलो र दोस्रो हाफमा समान २–२ गोल गरेको थियो । माल्दिभ्सले भने पहिलो हाफको ३१ औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो ।  
यसअघि आजै भएको पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशले भुटानलाई ३–० ले पराजित गर्‍यो । जितसँगै तीन अंक जोडेपनि बंगलादेश समुहको तेस्रो स्थानमा रह्यो । भुटान भने अंक बिहीन हुदै प्रतियोगिताबाट बाहिरियो । खेलको २२ औं मिनेटमा डिबक्स भित्र हेमन्त बिश्वासलाई फल गरेबापत छिरिङ्ग दोर्जी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो ।
समुह ए मा रहेको नेपाल भने आफ्ना दुवै खेलमा पराजित हुदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment