इलाम, नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ इलामले गाउँगाउँका विद्यालयमा संगठन विस्तारलाई तिव्रता दिएको छ । नेवि संघका जिल्ला स्तरका नेताहरुले मावि, उमावि, तथा क्याम्पस स्तरमा इकाई समिति विस्तार गर्दे आएका छन् । सोहि क्रममा सोमबार कन्काई उमावि दानावारीमा भएको विद्यार्थीको भेलाले निशाान वराइलीको अध्इक्षतामा त्रिसठ्ठी सदस्यीय नेवि संघको मावि इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्ष स्मीता बुढाथोकी, सचिव अरुण समाल, सह–सचिव सरिता लिम्वू, कोषाध्यक्ष उषा भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोमा मगर, फुर्वा तामाङ, सरोज श्रेष्ठ, रेखा वराइली लगायत रहेका छन् । त्यस्तै उमावि इकाईमा अनिल राईको अध्यक्षतामा तेत्तिस सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षद्धय डिल्लीराम वराइली र सर्मिला भण्डारी सचिव श्याम कार्की, सह–सचिव योगेश खत्रि र कोषाध्यक्ष माया शाह चयन भएका छन् । सदस्यहरुमा रिमा राई, झुमा प्रधान पुष्पा गहतराज लगायत रहेका छन् ।
त्यस्तै दानावारीकै युवा वर्ष माविमा पनि पुनम राईको अध्यक्षतामा तेत्तिस सदस्यीय मावि इकाई समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा खगेन्द्र भण्डारी, सचिव प्रतिमा राई, सहसचिव दशरथ राई, कोषाध्यक्ष तोथानाथ सापकोटा चयन भएका छन् । सदस्यहरुमा सुजता सुनुवार, अञ्जना लिम्वू लगायत रहेका छन् । नेवि संघ गठन कार्यक्रममा जिल्ला सहसचिव टीकाराम पुरी, सदस्यहरु खोम खतिवडा, जिवन तामाङ क्षेत्र नम्वर दुईका अध्यक्ष सुवास घिमिरे लगायतले मन्तब्य राखेका थिए ।
0 comments:
Post a Comment