इलााम, किराँत समुदायले उधौँली पर्व आज विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाउँदैछन् । किराँत समुदायमा बाली लगाउने बेला बैशाख पूर्णिमालाई उभौली र बाली भित्राउने बेला मंसिर पूर्णिमालाई उधौँली पर्वका रुपमा मनाउने चलन छ । यो पटक भने उधौँली पुस महिनामा परेको छ । आजको दिन भूमी र पृथ्विीको सम्मान स्वरुप पुजा सहिता साकेला नाच्र्दै यो पर्व मनाउने गरिन्छ । उधौँली पर्वमा किराँत समुदाय एक ठाँउमा भेला भई साकेल सिली नाँच्दै शुभकामना आदान प्रदान गर्दछन ।
यसैबीच, नेवार समुदायको योमह्री पुन्ही पर्व पनि विशेष कार्यक्रमका साथ आज मनाइदै छ । योमह्री नामको रोटी पकाई धान्य पूर्णिमा अर्थात योमह्री पर्व मनाउने गरिन्छ । किसानले धान भित्राईसकेपछि भकारीमा योमह्री साथै पाकाईएका ल्होचामह्रीको कुवेर, लक्ष्मी, कुमार, गणेशका मुर्ति स्थापना गरी पूजा अर्चना गर्ने चलन छ । यसो गरे भकारीमा भरेको धान कम नहुने र सधै धनधान्यले पुर्ण भई कहिल्यै पनि दुख हुदैन भन्ने जनविश्वास रहदै आएको छ ।
0 comments:
Post a Comment