फिक्कल, नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले अव नेपालको मुख्य लक्ष्य आर्थिक बिकास तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । उनले देशमा देखिएको बर्तमान समस्या चाँडै अन्त्य हुने बताउँदै अव सबै जनता सबिधानको कार्यन्वयन तर्फ लाग्नु पर्नेमा जोड दिए ।
इलामको सूर्योदयनगरपालिका कार्यालयको भवन सिलन्यास पछि आयोजित कार्यक्रममा बोल्दै खनालले सो कुरा बताएका हुन् । भवन दुई करोड छपन्न लाख, छयानव्वे हजार नौ सय चौरासी रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुने जनाइएको छ । भवन कालिका निर्माण सेवा प्रालिले दुई करोड सात लाख उननसाठी हजार नौ सयमा ठेक्का लिएको छ । दुई बर्षमा निमार्ण सम्पन्न हुने सो भवनको एमाले नेता खनालले बिहिबार धार्मिक बिधि–परम्परा अनुसार मन्त्रोचारण सहित उद्धाटन गरेका हुन् । नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भटटराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भिष्म प्रधान, नेकपा एमालेका क्षेत्रिय अध्यक्ष काजिमान कागते, आदिबासी जनजाती नगर समन्वय समिति अध्यक्ष सोनाम योल्मो, अन्तरपाटी महिला सञ्जालकी अध्यक्ष चित्रकला बराईली लगायतले मन्तब्य राखेका थिए ।
सोहि कार्यक्रममा पुर्व प्रधानमन्त्री खनालले भवन निमार्णको लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए । उनले नगरपालिकाको बिकासमा साथ दिन सबैलाई आग्रह समेत गरे । नगरपालिकाका इन्जीनियर लजोसेफ साङपाङले हाललाई सरकार बाट एक करोड अनुदान आएको जानकारी दिए । भवन एक तला भएको सात कोठे बन्ने छ । ।
0 comments:
Post a Comment