इलामको चिसापानीमा रमाईलो मेला

इलाम, इलामको दक्षिणी गविस चिसापानीको गुनमुनेमा संचालित तीन दिने चासोक ताङ्नाम गुनमुने रमाइलो मेला शनिबार समापन भएको छ । मेलामा भिभिन्न कृषि उत्पादन, फलफुल र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । किराँतहरुको चाड चासोक ताङनामका अवसरमा लागेको मेलामा स्थानीय क्षेत्रका राई, लिम्बु र मगर र अन्य  समुदायका मानिसहरुको सहभागिता रहेको थियो । माइखोलाको किनार सानिमा हाइड्रोपावरको इन्टेक मुनी लागेको मेलामा श्रीकृष्ण लुइटेल, हास्य कलाकार राकेश कमेडी लगायतले सांगीतिक कोसेली पस्कीएका थिए ।
यस्तै गुनमुने मेलाका अवसरमा आयोजित फूटबलको फाइनलमा शुक्रबार दानबारी ७ को चियाबारी टिम विजयी भयो । आयोजक युनाइटेड थ्री स्टारसँगको भिडन्तमा दानाबारीले नगद १५ हजार पाँच सय ५५ हात पारेको हो । उपविजेता टीमले सात हजार सात सय ७७ रुपैया प्राप्त ग¥यो । विजेता–उपविजेता टिम र खेलाडिहरुलाई सानीमा हाइड्रोका प्रमुख इञ्जिनियर भोजराज पौडेलले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा पौडेल समेत जनजाति महासंघका गाउँ अध्यक्ष कर्सिङ राई, अभिषेक एक्तेन, गुनमुने प्राविका अध्यक्ष पुर्ण बहादुर मगर, पुष्प खनाल, दल बहादुर मगर समेतका बक्ताले गुनमुने क्षेत्रको पर्यटनमा ध्यान दिन आवश्यक भएको बताए । यस्तै कार्यक्रममा साकेला नाच र ढोल नाच प्रस्तुत गरे । कार्यक्रम आयोजक समितिका अध्यक्ष डोल बहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment