अफ्गानिस्ता र माल्दिभ्स, साफ च्याम्पियनसिपको सेमिफाईनलमा

इलाम, डिफेण्डिङ च्याम्पियन अफ्गानिस्तान र माल्दिभ्स, भारतमा जारी दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको सेमिफाईनल प्रवेश गरेका छ । केरलास्थित त्रिवेन्द्रम रंगशालामा भएको खेलमा अफ्गानिस्तानले भुटानलाई र माल्दिभ्सले बंगलादेशलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे ।

दुई खेलबाट समान ६ अंक जोडेपनि अफ्गानिस्तान गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ भने माल्दिभ्स दोस्रोमा । दुई खेलको समाप्तिमा अंक बिहिन बंगालदेश र भुटान भने एक खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएका हुन् । पर्सि हुने अफ्गानिस्तान र माल्दिभ्सबीचको खेलले विजेताको टुङ्गो लाग्नेछ । शनिबारको दोस्रो खेलमा अफ्गानिस्तानले भुटानलाई ३–० ले पराजित गर्‍यो । १४ मिनेटमा पहिलो गोल गरेको अफ्गानिस्तानले ४४ र ५१ मिनेटमा थप गोल गरेको थियो । दास्रो हाफमा केही सुधारिएको खेल पस्किएको भुटानले गोल फर्काउन भने सकेन ।
यसअघि आजै साँझ भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई ३–१ ले स्तब्ध पार्‍यो । खेलको ४२ औं मिनेटमा अलि अस्फाकले पेनाल्टी मार्फत गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम ९ मिनेटमा तीन गोल हुन पुगेको थियो । ८६ औं मिनेटमा बंगलादेशले बराबरी गोल गरेपनि बांकी समय सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भयो । खेलको ९० र अतिरिक्त समयको पांचौ मिनेटमा थप २ गोल गरेपछि माल्दिभ्स अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
प्रतियोगितामा आज नेपालले आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने छ । श्रीलंका समेत सहभागी समुह ए मा नेपाल अंक बिहिन छ भने भारत र श्रीलंकाले समान १ खेल जितेका छन् ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment