इलाम, खेल शरुभएको तेर्सो मिनेटमानै लिएको अर्गताकायम गर्न नसक्दा नेपाल भारतसँगको हार विहोर्दै साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ४(१ ले पराजित भएको छ । समूह एबाट भारत विजेता बनेको छ भने श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
केरालामा भएको खेलमा नेपालले तेस्रो मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । घरेलु टोलीविरुद्ध विमल घर्ती मगरले गोल गरे ।
नवयुग श्रेष्ठले वान भर्सेज वानमा हानेको बल बारमा लागेर फर्किएको बलमा बिमलले गोल गरे । यससँगै नेपालले ११ खेलमा गोलको खरेडी तोठियो ।
तर, नेपालले अग्रता जोगाउन सकेन । २६ औं मिनेटमा भारतका रोविलिन बार्गासले बराबरी गोल फर्काए ।
६८ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरे भने ८१ औं मिनेटमा लालिनजुआलाले गोल गरे । अन्तिम मिनेटमा लालिनजुआलाले उत्कृष्ट गोल गर्दै भारतलाई ४–१ को जित दिलाएका छन् ।
0 comments:
Post a Comment