इलामको गोदकमा एम्वुलेन्स दुर्घटना, तीनको मृत्यु

इलाम, सोमबार विहन झापाबाट फिदिम तर्फ विरामी लिएर हिडेको एम्बुलेन्स इलामको गोदकमा दुर्घटना हुँदा  विमारी सहित तीन जनाको मृत्यु भएको छ भने चालक सहित दुई घाइते भएका छन । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालीका १ निवासी रेनुका अधिकारी, आनन्द अधिकारी र नरीमायाँ चौहान रहेका छन । घाइते हुनेमा चालक सुरुङ्गा ३ का ज्ञान नाथ प्रसाई  र फिदिम नगरपालीका १ का टीकाराम अधिकारी रहेका छन । घाइतेलाई विर्तामोड लगिएको छ । झापाबाट फिदिम विमारी लिएर मे.च. १७४७ नं को जनमैती सामाजीक संस्थाको एम्बुलेन्स मेची राजर्मागको गोदक खण्डमा सडकबाट करिव ५० मिटर तलझरेको तिनघरे चेकपोस्टाका ट्राफिक उपेन्द्र यादपले जानकारी गराए । चालकनै गम्भीर घाईते भएको कारणले गर्दा दुर्घटना के कारणले भएको हो भन्ने तथ्य बाहीर आउन सकेको छैन । थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment