पोखरा, १५ पुषः पोखरामा घरको कोठामा निसास्सिएर ४ जनाको मृत्यु भएको छ । पोखरा १४ प्रगती टोल स्थित मन बहादुर रानाको घरमा सुतिरहेका बेला निसास्सिएर उनकी श्रीमती, छोरा, सासु र एक नातेदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मन वहादुरका सासु ७५ वर्षीया गंगाकुमारी थाल, श्रीमती ३६ वर्षीया सिता थाल, छोरा १२ वर्षीय सिमान्त, आफन्त २२ वर्षीया बसन्ती थालको मृत्यु भएको हो । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शूरु गरेको छ । कोठाभित्र धुंवा भरिएको र सोफा जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घरधनी मनवहादुर भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

0 comments:
Post a Comment