नाइजेरियामा आत्मघाती बम बम आक्रमणमा ५० भन्दा बढीको मृत्यु

एजेन्सी, १४ पुषः नाइजेरियामा भएको आत्मघाती बम आक्रमणमा ५० जनाको मृत्यु भएको छ । नाइजेरियाको पुर्वी क्षेत्रमा रहेको मदागाली र माइदुगुरी शहरमा भएका छुट्टाछुट्टै श्रृङ्खलाबद्व बम आक्रमणमा महिला संलग्न रहेको आशंका गरिएको छ । अदामामा राज्यको मदागाली शहरमा भएको विष्फोटमा २५ जनाको मृत्यु भएको हो । त्यस्तै छिमेकी राज्य बोर्नोको माइदुगुरी शहरमा भएको अर्को बम विष्फोटमा ३० भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणको जिम्मा विद्रोही समूह बोको हरामले लिएको छ । एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment