वीरगञ्ज नाकामा धर्ना बसेकाहरु लखेटिए

वीरगञ्ज, १५ पुषः वीरगञ्ज-रक्सौल नाका ठप्प पार्न भन्दै मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई लखेटेर व्यापारीहरुले सामानहरु नेपाल भित्राएका छन् ।
आन्दोलनकारी धर्नामा बसेका कारण सामानहरु भित्राउन नपाएको भन्दै व्यापारीहरुले गएराति लखेटेका हुन् । धर्नामा बसेकाहरु भागेपछि व्यापरीहरुले रिक्सा, टाँगा र मोटरसाइकलमा सामानहरु नेपाल भित्राएका छन् ।
‘धर्नामा बस्दै आएका आन्दोलनकारीहरुको संख्या अत्यन्त न्यून छ । आजभोलि ५-१० जना मात्रै धर्नामा बस्छन्,’ स्थानीय एक व्यक्तिले भने, ‘ठूलो संख्यामा आएका व्यापारीहरुको अगाडि उनीहरुको केहि चल्दैन ।’
गएराति धर्नामा बसेका संघीय समावेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव लगायतको स्कुटर र मोटरसाइकलमा व्यापारीहरुले तोडफोड गरेका छन् । मुखमा मास्क लगाएका करिब डेढ सय जनाको समूहले घरेलु हतियारले समेत आक्रमण गरेको यादवले बताए ।
धर्नामा बसेका आन्दोलनकारीहरुले ‘तस्कर’हरुले आफूहरुलाई आक्रमण गरेको र सामान नेपाल भित्राएर महंगो मूल्यमा बेच्ने गरेको दाबी गर्छन् । ति ‘तस्कर’हरुलाई नेपाल र भारतका सुरक्षाकर्मीहरुले पनि साथ दिएको आन्दोलनकारीको आरोप छ ।
नेपाल र भारतका व्यापारीहरु मिलेर धर्नामा बसेकाहरुलाई लखेट्छन् । यो क्रम एक साता अघिदेखि नै जारी छ । तर, आन्दोलनकारीको संख्या कम भएकाले व्यापारीहरुको प्रतिकार गर्न सक्दैनन् । सामान पास गरेर नसकुन्जेल चुपचाप हेरिरहन्छन् र सामान भित्राइसकेपछि पुनः धर्नामा बस्छन् ।  अनलाईन खबरबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment