इलाम, १५ पुषः मलेशियाको जेलमा मृत्यु भएका सुरेस राईको सद्गतको लागि प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाले पठाएको आर्थिक सहयोग आज उनका परिवारजनमा हस्तान्तरण गरिएको छ । पुर्वेली ट्याक्सी व्यवसायी संघ इलामको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा मञ्ले पठाएको नगद पचासहजार सातसय चौसठ्ठी रुपैयाँ संघका अध्यक्ष गृष्म सुब्बा, मञ्चका सदस्य कुलप्रसाद उप्रेती र संघकै कर्मचारी सोनाम योल्मुले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । मृतक सुरेस राईका पिता खड्गबहादरु राईले सो रकम बुझ्दै मृतकको सदगतको लागि सो रकम खर्चिने बताए । सहयोग संकलन तथा रकम परिवारजनमा हस्तान्तरण गर्न मञ्चका बुद्धिमान राई र संघका सोनाम योल्मुले विशेष सहयोग गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै मञ्चका सदस्य कुलप्रसाद उप्रेतीले मलेशियामा रोजगारीको लागि कसैलाई पनि नजान आग्रह गरे । नेपाल पत्रकार महासंघका बलराम बराईलीले यस्तो दुर्घटना कसैकोमा नदोहोरिन आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे । कार्यक्रमको अध्यक्षता गरिहेका संघका अध्यक्ष गृष्म सुब्बाले कार्यक्रममा बोल्दै इलामेलीहरुको तर्फबाट भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दै परिवारजनमा धैर्यधारण गर्न अनुरोध गरे । रोजगारीका लागि एक वर्षअघि मलेशिया पुगेका माईपोखरी–८ का २० वर्षीय सुरेश राईको कार्तिक १५ गते मलेशियाको जेलमा मृत्यु भएको थियो । मलेशियामा अवैध रूपमा बस्दै आएका राईलाई ८ महिनाअघि मलेशिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । उनी जेल परेको लामो समयपछि मात्र उनले परिवारमा सम्पर्क गरेका थिए । उनलाई जेलबाट उकासेर स्वदेश फर्काउनका लागि परिवारले लाग्ने खर्च समेत जुटाइसकेको अवस्थामा उनको मृत्यु भएको थियो । राईको शव मञ्कै सहयोगमा २ महिनापछि मात्र स्वदेश ल्याउन सम्भव भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment