इलाम, १६ पुषः बंगलादेशको प्रतिष्ठित बंगबन्धु कप फुटवल प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । ढाकामा हिजो गरिएको ड्र मा नेपाल मलेसिया, श्रीलंका र आयोजक बंगलादेशसँगै समूह ए मा परेको हो ।
यही पुस २४ गतेबाट शुरु हुने प्रतियोगितामा नेपालले २५ गते मलेसियासँग पहिलो खेल खेल्नेछ । सो खेल साम्स उल हुद्दा रंगशालामा हुनेछ । बाँकी खेलहरु भने बंगबन्धु राष्ट्रिय रङ्गशालामा खेलाइने छ ।
जनवरी १२ मा श्रीलंकासँग खेल्ने नेपालले अन्तिम खेल जनवरी १४ बंगलादेशसँग खेल्ने छ । सोही प्रतियोगिताका लागि भन्दै राष्ट्रिय फुटवल टोली अझै बन्द प्रशिक्षणमै छ । साफ च्याम्पियनसिप खेलेर फर्किएको नेपाली टोलीका सदस्यहरुलाई लामो छुट्टी नदिइ बन्द प्रशिक्षणमा समावेश गरिएको अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ ।
0 comments:
Post a Comment