राजेश हमालले विद्यार्थीलाई झोला बाँड्दा

इलाम, सँधै चलचित्रको पर्दामा देखिएका महानायक राजेश हमाल आफूलाई शैक्षिक सामग्री र झोला दिन आफ्नै गाउँ आइपुग्दा विद्यार्थीहरु मुखामुख गर्न थाले ।  सिन्धुपाल्चोकको कर्णाली भनेर चिनिने किवट गाउँ गोल्चेमा हमाल आउने खबरले सँयौको संख्या स्थानियहरु उपस्थित भएका थिए । भुईचालोले अति प्रभावित बनाएको गुम्बा गाविसको सबै विद्यालयका विद्यार्थीलाई सामग्री दिने एक कार्यक्रमका लागि त्यहाँ पुगेका राजेशसँग फोटो खिच्नका लागि विद्यार्थीले स्थानीयले मात्रै हैन विद्यालयका शिक्षकले समेत घेरे ।
जिल्लाको शैक्षिक विकासमा झण्डै ५ वर्षदेखि क्रियाशील हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप९हेल्प०ले राजेशलाई यो गाउँ ल्याउने अवसर जुटाएको हो । गुम्बा ७ स्थित क्यालिङथाङ विद्यालयबाट झोला र शैक्षिक सामग्री वितरण सुरु गरिएको थियो । हमालले झण्डै शतप्रतिशत तामाङ समुदायको बाहुल्य रहेको गाउँका सबै विद्यालयमा वितरण गरिने सामग्रीमा उनले वियरको बोतलमा राखेको छ्याङ छर्किएर सगुन गरेका थिए।
विद्यालयमा उपस्थित भएका विद्यार्थीलाई चिटिक्क परेको रातो झोला र शैक्षिक सामाग्री वितरण गरेपछि उनलाई स्थानीयले आफ्नो घरमा पाकेको सबैभन्दा मिठो भोजन चाख्न लगाएका थिए । राजेशले गुम्बा गाउँमा पुगेर चौरीको दुध पनि पिए ।

केही समय गाउँ घुमेका हमालले हेल्पले बालबालिकाका लागि ल्याएको कपडासमेत हस्तान्तरण गरे । गाउँमा रहेका विद्यार्थी तथा अभिभावकलाई हमालले भने, ‘तपाईंहरुको गाउँमा आउन पाउँदा सार्‍है खुसी छु।’ उनले गुम्बा गाउँ आफूले सोचेभन्दा धेरै सुन्दर भएको बताए ।कार्यक्रममा झोला वितरण गर्दै उनले सबै विद्यार्थीलाई राम्ररी पढेर ठूलो मान्छे हुनुपर्छ भन्दै सम्झाएका थिए ।
जिल्लाका विशेषगरी जनजाति र सिमान्तकृत बालबालिकाले बीचैमा पढाई छाड्न थालेपछि शेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप९हेल्प०ले विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न यसरी शैक्षिक सामग्री बाँड्न थालेको थियो ।
जिल्लाका विकट गाउँका विद्यालयमा ९० प्रतिशत जनजाति बालबालिकाहरु विद्यालय नियमित उपस्थित नहुने गरेको पाइएपछि जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थिति नियमित गराउन झोला र शैक्षिक सामग्री बितरण सुरु गरिएको हो । ‘जसरी हुन्छ’ विद्यालयमा विद्यार्थी आकर्षित गर्ने तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमको जुक्तिपछि हेल्पले यसरी झोला र शैक्षिक सामग्री बाँड्न थालेको हो ।

जिल्लाको शैक्षिक विकासमा सहयोग गर्दै आएको हेल्पले यसअघि पनि जिल्लाका धेरै विद्यालयमा सामग्री वितरण गरिसकेको छ । संस्थाका कार्यकारी निर्देशक जिमी लामाका अनुसार यसअघि माझी र दनुवार जातिको बाहुल्यता रहेको भीमटारस्थित भीमेश्वरी माविका १ हजार ३ सय विद्यार्थी, नारायण निमावि इचोकका ४ सय ३३ विद्यार्थी, सातकन्या निमावि गुन्सा, टाङसुङ निमावि इचोकलगायत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरि सकिएको छ । सेतोपाटीबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment