इलाम १७ पुषः इलाममा जारी प्रथम राष्ट्रिय किवि महोत्सव, औद्योगिक तथा कृषि मेला प्रदर्शनी’ शुक्रबार सम्पन्न भएको छ । इलाम उद्योग वाणीज्य संघ इलाम र जिल्ला कृषि विकास कार्यालय इलामले आयोजना गरेको मेला तथा प्रदर्शनीमा किविको १४ लाख वराबरको कारोवार भएको वाणीज्य संघका उपाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए ।
उनका अनुसार छ लाखको किवि, छ लाखका किविका विरुवा विक्रि भएको थियो । त्यस्तै जुस तथा जाम एकलाख पचास हजार र अन्य पचास हजारको गरेर १४ लाखको कारोवार भएको जनाइएको छ । आयोजकले अपेक्षा गरे बमोजिम नै किविको कारोवार भएको दुलालले जानकारी दिए ।
किवि फलको तीन सय देखी पाँच सय सम्म र विरुवाको तीन सयदेखी राम्रो विरुवाको दुर्य हजार सम्म कारोवार भएको थियो । सो अवसरमा जिल्ला भित्रका बिभिन्न गाविस तथा जिल्ला बाहिरबाट पनि किवि कृष्कहरुको सहभागिता रहेको थियो । १५ वटा स्टलमा कृषिजन्य वस्तुको समेत कारोवार भएको थियो ।
वाणिज्य संघकी अध्यक्ष सुशिला सापकोटको अध्यक्षता तथा इलामका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष हिमालय कर्मचार्य, संस्थापक सदस्य युद्धप्रसाद वैद्य, कृषि विकास कार्यालय इलामका प्रमुख प्रकाशकुमार डाँगी, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
समापनका अवसरमा महोत्सव तथा मेला सफल बनाउन सहयोग गर्ने संघस सस्था, ब्यक्ति र सहभागीता जनाउने स्टलधनीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
महोत्सव तथ मेलाको अन्तिम दिन पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुुती रहयो ।
शुक्रबार हाँस्य कलाकार तथा गायक श्रीकृष्ण लुँइटेल तथा माधव कल्पितलको लेखन तथा निर्देशनमा नाटक प्रदर्शन भएको थियो ।
सोहि अवसरमा इलामका युनिभर्सल तथा युनिक डान्स सेन्टरका कलाकारहरुले नृत्य पस्किएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
0 comments:
Post a Comment