अरु युवा तयार नभए महामन्त्रीमा आफैं लड्छुः गगन थापा

इलाम, ४ माघः नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको १३ औं महाधिबेशनमा युवा पुस्ताले महामन्त्रीमा उमेद्वारी दिने बताएका छन् ।
न्बनबल त्जबउब द्धण्ण्पार्टीका निर्णायक तहमा पदाधिकारीको भूमिका हुने भएकाले युवा पुस्ताले महामन्त्रीमा दावी गर्ने उनले बताए ।
दाङको घोराहीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले आफ्नो पुस्ताका अरु नेताहरु तयार नभए महामन्त्रीमा उमेदवारी दिन आफू तयार रहेको बताए ।
अघिल्लो पुस्ताका सबै नेताहरुले सभापति ताकिरहेकाले महामन्त्री युवा पुस्ताकै हातमा आउने सम्भावना बढेको उनले बताए । हाल सभापति, उपसभापति रहेका नेताहरु पार्टीको अभिभावकको रुपमा रहनुपर्ने र अहिले महामन्त्री रहेका नेताहरु सभापति जानुपर्ने उनको धारणा थियो ।
कार्यकारी पदमा उमेरको हदबन्दी कायम गर्न आवश्यक रहेको थापाले बताए । पार्टी गुटहरुको संघ जस्तै भएको भन्दै भन्दै उनले फरक मत हुनु स्भाविक भएपनि गुटलाई भने अत्य गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment