पर्वत पोर्तेल
माघ ३, झापा: भारतीय प्रहरीले चोरीको गाडी र गाजासहित एक नेपालीलाई झापासंगको सिमाना पानीट्यांकीवाट पक्राउ गरेको छ । नेपाल–भारत सीमाको पानीट्यांकीस्थित एक होटलवाट मोरङ उर्लावारीका सुसन भनिने राजेश्वर लिम्वुलाई हिजो साँझ पक्राउ गरिएको खोरीवारी प्रहरी कार्यालयले जनाएको छ ।
लिम्वुको साथवाट करिव एक किलो गाजा, नेपाल नम्वरको चोरीको मोटरसाइकल र वोलेरो जिप पनि वरामद गरिएको बताइएको छ । माओवादीका पूर्व नेता राजेश्वरको अन्र्तराष्ट्रिय तस्कर गिरोहसंग साँठगाँठ रहेको भारतीय प्रहरीको दावी छ । नेपालमा पनि उनि विरुद्व दर्जनौ मुद्धा छन् ।
दार्जिलिङ प्रहरीका एसपी अमित पी जावल्गीले लागू औषध, हतियार कारोवार र मानव अपरहण जस्ता अपराध कर्ममा लिम्वुको संलग्नता रहेको बताएका छन । । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी श्यामकृष्ण अधिकारीले लिम्वुको पक्राउ वारे भारतीय प्रहरीले जानकारी गराएको बताउनुभयो । अधिकारीका अनुसार उनी केही दिन अघि एउटा अपहरणमा समेत संलग्न थिए ।

0 comments:
Post a Comment