नेपाली गार्मेन्टलाई भन्सार छुट दिने कानुनमा ओबामाले गरे हस्ताक्षर

इलामः नेपाललाई विशेष व्यापार ग्राहृयता प्रदान गर्ने कानुनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन् । यो कानुनले निश्चित गलैैचा तथा गार्मेन्टसहित ६६ प्रकारका नेपाली सामाग्रीमा भन्सार छुट पाउनेछन् ।
नेपाल कार्यक्रमलाई १० वर्षका लागि निम्ति स्वीकृति प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतबासले जनाएको छ । गत वैशाखको विनाशकारी भूकम्पपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउने भन्दै यो कानुन प्रस्ताव गरिएको थियो ।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले भनेकी छन्, ‘नेपाली व्यापार व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउने यो ठूलो अबसर हो ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment