कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा सन्चालक समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको परिषदले बिहीबार जानकारी दिएको छ ।
कक्षा ११ मा एक विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि गत माघ २९ गते मौका परीक्षा सन्चालन गरिएको थियो ।
परीक्षाफल उच्च माध्यमिक शिक्षा परिषद र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने परिषदले जनाएको छ ।
यसैगरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि मोबाइलमा एचएसइबी टाइप गरी सिम्बोल नम्बर राख्ने र १६०० मा एसएमएस गर्नुपर्ने परिषदले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment