ताप्लेजुङमा बस दुर्घटना, ११ घाइते, ४ गम्भीर

ताप्लेजुङ । ताप्लेजुङको आम्बेगुदिन स्थित हप्पुखोलाबाट झापाको विर्तामोडका लागि छुटेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सहचालकसहित चार जनाको अबस्था गम्भीर छ ।
त्बउभिवगलनबिहान चार बजे हप्पुखोलाबाट ३० जना यात्रु लिएर छुटेको विशाल यातायातको मे १ ख १७९९ नम्बरको बस आम्बेगुदिन(३ स्थित सडकबाट करिब २० मिटर तल खसेको स्थानिय पवन बिकले जानकारी दिए ।
दुर्घटनामा ईलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी ईन्द्र कटुवाल, पेदाङ ८ का २२ वर्षीय ध्रुव विक, पेदाङ ६ का धनप्रसाद मावो, पेदाङ ८ की ललिता माबो, खेवाङ ९ का १८ वर्षीय रन्जित लिम्बु, सोहि स्थानका ३४ वर्षीय सन्तकुमार लिम्बु र ३६ वर्षीया रिता लिम्बु घाइते भएका छन् । यसैगरी झापाको शनिअर्जुन नगरपालिकाका ४१ वर्षीय टिकाराम विष्ट, सोहि स्थानका सहचालक भिम कटुवाल, खेवाङ ६ का ७४ वर्षीय जगनाथ भट्टराई र उनकी श्रीमती ५४ वर्षीया नरमायाँ भट्टराई पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये झापा शनिअर्जुन नगरपालिकाका टिकाराम विष्ट, सोहि स्थानका सहचालक भिम कटुवाल, खेवाङ ६ का जगनाथ भट्टराई र उनकी श्रीमती नरमायाँको अबस्था गम्भीर छ ।
चालक भने सोहि सुरक्षित रहेको बताइएको छ ।
घाइतेहरुलाई लिन पाँचथर र ताप्लेजुङबाट एम्बुलेन्स गएको र गम्भीर घाइतेलाई सोहि स्थानमा रहेको मेची यातायातको बसमा राखेर उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको बताइएको छ । बाटो कच्ची, चिप्लो र साँघुरो भएकाले दुर्घटना भएको स्थानीयले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment