तारा एयरको जहाज म्याग्दीको दुर्घटनास्थलमा हिउँ र पानी पर्‍यो, शव संकलनमा कठिनाई

तारा एयरको जहाज म्याग्दीको सोली घोप्टे भीरमा दुर्घटना, १७ जनाको शव भेटियो
दुर्घटनास्थलमा हाल नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुले शवहरु स‌ंकलन गरिरहेका छन् । हालसम्म १७ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा अहिले हिउँ र पानी परिरहेकोले हेलिकप्टर जान नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले बताएका छन् ।
उनका अनुसार दुर्घटनास्थलमा मौसम सुधार आउने वित्तिकै उड्नको लागि हेलिकप्टर जोमसोम र पोखरामा तयारी अवस्थामा राखिएको छ ।  उनले भने, ुहामी अहिले हेलिकप्टर लिएर जान सक्ने अवस्थामा छैनौं । मौसम अनुकुल हुनेवित्तिकै दुर्घटनास्थलमा उडिहाल्छ ।ु
दुर्घटनास्थलमा हाल नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुले शवहरु स‌ंकलन गरिरहेका छन् । हालसम्म १७ जनाको शव भेटिएको छ ।
निजकै हेलिकप्टर बस्ने ठाउँ नभएकाले संकलन गरिएका शवलाई पोखरा तत्काल ल्याउन कठिन भएको जानकारी स्रोतले दिएको छ ।
बुधबार बिहानदेखि सम्पर्कविहीन भएको तार एयरको  जहाज म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाजमा सवार २० यात्रु र ३ चालक दलका सदस्य सबैको मृत्यु भएको पर्यटन मन्त्री आनन्द पोखरेलले बताए ।

पर्यटन मन्त्री आनन्द पोखरलले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताए । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए ।
स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।
मन्त्री पोखरेलले भीम दलका गणपति अर्जुन बस्नेतलाई उद्धृत गर्दै बताए अनुसार जहाजमा रहेका २३ जनाकै मृत्यु भएको छ । मन्त्री पोखरेलले भने, ुजहाज पनि जलेको छ भने शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा छन् ।ु
दुर्घटनास्थल बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने रुप्से झरनाबाट ४५ घण्टा उकालो लागेपछि मात्रै पुग्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment