मंगलबारेमा ह्याट्रीक हिरो नवयुगलाई सम्मान

इलामः देउमाई नगरपालिका मंगलबारेमा जन्मिएका नेपाली फुटवलका ह्याट्रीक हिरो भनेर चिनिएका नवयुग श्रेष्ठलाई उनको जन्म स्थानमा आज सम्मान गरिएको छ । मंगलबारेका त्रिवेणी युथ क्लवले उनको सम्मान गरेको हो । कार्यक्रमा नगद एकाउन्न हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । नवयुग मंगलवारे पुगे पछि मंगलवारेबासी र विभिन्न स्थानिय विद्यायालयका विद्यार्थीले ¥यली निकालेर मंगलवारे वजार परिक्रमा गरेको थियो । नवयुगलाई अविर माला लगाएर ह्याट्रीक हिरो हाई हाई भन्दै वजार परिक्रमा गराएका थिए ।
वजार परिक्रमा गरेर सम्मान सभामा परिणत भएको कार्यक्रममा स्थानिय वुद्धिजिविले नवयुगको खेलको प्रसंसा गर्दै नवयुगले मंगलवारेको मात्र होइन देशकै नाम रोशन गरेको वताएका थिए । कयक्रमा नवयुगले अध्यान गरेको सुर्योदय शिक्षा सदन र भानुभक्त उच्च माविले पनि सम्मान पत्र प्रदान गरेको थियो ।
कायक्रमा नवयुगले अफुले इलामको मंगलवारेको त्रिवेणी युथ क्लववाट खेल जिवन शुरु गरेको र अहिले आएर देशको लागि खेलेर सफलता हात पार्नुमा मंगलवारेका अग्रगहको सहयो र हौसता अतुलनिय भएको बताए । अफुलाई जन्म स्थानमा मायाँ गरेर सम्मान गर्दा अत्यान्तै खुसी लागेको पनि वताए ।
कर्यक्रमा क्लवका अध्यक्ष विक्रम श्रेष्ठले क्लवको उद्देश्य राम्रा खेलाडि उत्पान गर्नु हो र अहिले नवयुगले हाम्रो उद्देश्य पुरा गरेको पनि वताए ।
कयक्रममा समाजसेवी राम राना, हरि गौतम, उद्योग वाणिज्य संघ मंगलबारे शाखाका अध्यक्ष मातृका प्रसाद घिमिरे, स्थानिय विद्यायलयका प्रधान अध्यापकहरु, प्रध्यापकहरु, सथै देउमाई नगरपालिका कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना तथा सम्मान मन्तव्य राखेका जानकारी क्लवका सचिव सुवास घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment