शिलान्यासको बाइस वर्षपछि कालोपत्रे

खोटाङ, २३ चैत । शिलान्यास गरिएको बाइस वर्षपछि दिक्तेल–गाईघाट सडक कालोपत्रेको प्रक्रिया सुरु भएको छ ।
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको दिक्तेल–गाईघाट सडकको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गर्नुभएको हो । आइतबार दुई वर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको सांसद विशाल भट्टराईले जानकारी दिनुभयो ।
“कच्ची सडक निर्माण भएको लामो समयसम्म स्तरोन्नतिको काम भएको थिएन ।” उहाँले भन्नुभयो, “एक सय ४२ किलोमिटरमध्ये १०१ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न अर्थमन्त्री विष्णु पौडेलले रु दुई अर्ब ६८ करोड बजेट विनियोजन गर्नुभएको छ ।” रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment