अक्सिजन र स्लाइन लिएर परीक्षा दिँदै विद्यार्थी, परीक्षा केन्द्रमै चिकित्सक

वीरगन्जः एसएलसी लेख्न पुगेका विद्यार्थी दैनिक बिरामी भएर फर्कन थालेका छन् । पर्साको निर्मलवस्ती गाविसमा रहेको विजयवस्ती उच्च माविको परीक्षा केन्द्रमा लगातार तीन दिनदेखि विधार्थी बिरामी हुन थालेका हुन् ।
एसएलसी परीक्षा दिने क्रममा मंगलबार ६ विधार्थी बिरामी परेका छन् । मंगलबार बिहान परीक्षा दिइरहेकै बेला पाँच छात्रा र एक छात्र गरि ६ विधार्थी बिरामी परेका हुन् ।
 बिरामी पर्नेमा ओडार उच्च माविका छात्रा सन्ध्या बस्नेत, चन्दा खड्का, शशी तामांग र छात्र सानु सार्की तथा ठोरीको सरस्वती उच्च मावि दिपकनगरका छात्राहरु गंगा आचार्य र कान्छी थापा मगर छन् ।
बिरामी परेका मध्ये सन्ध्या बस्नेतलाई अक्सिजन चढाइएको छ भने अर्की बिरामी कान्छी थापा मगरलाई स्लाइन पानी चढाइएको छ । बिरामी परे पनि उनिहरुले परीक्षा दिएको पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले बताए ।
सोमबार पनि त्यही परीक्षा केन्द्रमा आठ जना र आइतबार पनि ६ परीक्षार्थी परीक्षा दिइरहेकै अवस्थामा बिरामी परेका थिए । बिरामी परेका छात्र सानु कार्कीले सोमबार विज्ञान विषयको परीक्षा नै दिन सकेनन् । टाउको र पेट दुख्ने ,वाक्वाकी लाग्ने, रिंगटा लाग्ने जस्ता लक्षण विद्यार्थीमा देखिएको सिंहले जानकारी दिए ।
विजयवस्ति उच्च मावि परीक्षा केन्द्रमा लगातार तीन दिनदेखि परिक्षार्थी बिरामी पर्न थालेपछि  जिल्ला शिक्षा अधिकारी सिंह मङगलबार सदरमुकाम वीरगन्जबाटै चिकित्सक र स्वास्थ्यकर्मीको टोली नै लिएर परीक्षाकेन्द्रमा पुगेका थिए ।
नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डाक्टर जाबेद अख्तर नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामी भएका विधार्थीको उपचार गरेको छ ।
पहिलेदेखि नै पेटको समस्या रहेको र बिहान भोकै खाली पेट परीक्षा दिन आएका कारण विधार्थी बिरामी भएको चिकित्सकले बताए ।
खासै ठूलो समस्या केहि देखिएन, बिहानै केहि नखाई खाली पेट परीक्षा दिन आएको र गर्मी पनि अत्याधिक भएका कारण विद्यार्थी बिरामी परेका हुन्, उनले भने, केहिमा भने पहिले देखि नै पेटको समस्या रहेको पाइयो ।
 तीन दिन देखि लगातार विधार्थी बिरामी पर्न थालेपछि मङगलवार परिक्षा कोठाहरु नै परिवर्तन गरिदिएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment