लघुवित्तले ग¥यो समूहलाई पुरस्कृत

इलाम २१ चैत्रः लक्ष्मी लघुवित्त वितिय संस्था मंगलबारेमा केन्द्र प्रमुखहरुको एक दिने गोष्ठी आइतबार सम्पन्न भएको छ । एक सय दश केन्द्रका महिला प्रमुखहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा देउमाई नगरपालिका शान्तिडाँडा साङरुम्बा, एकतप्पा, फुएतप्पा, इभाङ्ग, सोयाक, सिद्धिथुम्का, गजुरमुखी, जीतपुर, लुम्दे, माइपोखरी महिलाहरुको सहभागी रहेको थियो ।
सदस्यको गुनासो सुन्न र विगतमा यस संस्थालाई विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम सभापति चेवन कुमार निरौलाको भनाई रहेको छ । उक्त कार्यक्रममा उत्कृष्ट केन्द्रलाई पनि सम्मान गरिएको छ । जसमा तालखर्क महिला बचत केन्द्र साङरुम्बा प्रथम, कटुनिज महिला बचत केन्द्र जीतपुर द्धितिय, पञ्चमी महिला बचत केन्द्रले तृतिय स्थान प्राप्त गर्दै पुरस्कार प्रप्त गरे । कार्यक्रम केन्द्रिय कार्यालय काठमाण्डौंका केशव केसीको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment