इलाम १८ चैत्र ः एकिकृत नेकपा माओवादी निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इलामको छैटौँ अधिवेशनका लागि आयोजक समिति आज गठन गरिएको छ । समितिको संयोजकमा कमला भट्टराई (जुनु) निर्वाचित हुनु भएको छ । समितिको उपाध्यक्षद्धय टीका राई र कमला भट्टराई, सचिव राधा देउजा, सहसचिव चन्द्रकला रेग्मी र कोषाध्यक्षमा राजकुमारी तामाङ चयन हुनुभएको छ । सदस्यहरुमा यसोदा गिरी, टीका कंडेल, फुलमाया एक्तेन, रञ्जना थापा यचन हुनुभएको छ । ३५ सदस्यीय समितिको अन्य सदस्यहरुमा मनकुमारी दियाली, बिमला तामाङ, बिमला तामाङ, सिता राई लगायत रहनुभएको छ । पार्टी इलामका इन्चार्ज मुक्साङ म्याङ्बोको प्रमुख तातिथ्यातामा सम्पन्न कार्यक्रममा पुर्व जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण), सचिव टीका घिमिरे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
0 comments:
Post a Comment