देउमाईमा कुकुरको बन्ध्याकरण

मनिषा चम्लागाई

इलाम २१ चैत्रः इलामको देउमाई नगरपालिकामा सामुदायिक कुकुरलाई वन्ध्याकरण एवम् रेविज बिरुद्धको खोप लगाइएको छ । दुई दिन सम्म सञ्चालन भएको शिविरमा ५१ वटा कुकुरलाई बन्ध्याकरण तथा  १०२ कुकुरलाई खोप दिइको छ । जिल्ला पशु सेवा कार्यालय इलाम, देउमाई नगरपालिका मंगलबारे र हिमालयन एनिमल रेस्क्यू ट्रष्टको आयोजनामा सो कार्यक्रम भएको हो । हिजोबाट शुरु भएको शिविर आज सम्पन्न भएको हो ।
रेविजको प्रकोप न्युनिकरण साथै सडक सामुदायिक कुकुरको न्यूनीकरण गर्ने उदेश्यले कार्यक्रम गर्दै आएको हिमालयन एनिमल रेस्क्यू ट्रष्टका संचालक निर्देशक खगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
हिमालयनको आयोजनामा जिल्लामा विगत ३ वर्ष देखि निरन्तर यो कार्यक्रम संचालन हँुदै आएको छ । यस वर्ष इलामको सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा कार्यक्रम थप गरिएको आयोजकले जानकारी दिएको छ । इलामलाई रेविजको न्यूनिकरण र पशु धनको क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गर्दै कार्यक्रम संचालन गरिएको जिल्ला पशु कार्यालय इलामका पशुपति ढुङ्गानाको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment