हराएका पुजनका परिवारलाई पाँच हजार

हराएको अढाई महिना पछि फेला परेका इलाम चिसापानीका एघार वर्षिय पुजन सेन्च्युरीका परिवारलाई इलाम लक्ष्मीपुरका गणेश न्यौपानेले नगद पाँचहजार सहयोग गरेका छन् । इलाम सदरमुकामबाट प्रकाशित चियावारी दैनिक र चियावारीको ब्लग पेज मार्फत बालक हराएको र हराएपछि फेलापरे पनि आर्थिक अभावले घरल्याउन समस्या भएको समाचार प्रकाशन भएपछि उनको उद्धारमा सहयोग गर्दै उनले नगद पाँच हजार प्रदान गरेका हुन् । न्यौपानेले चियावारी दैनिकका सम्पादक सुदिप श्रेष्ठ मार्फत विश्व बालश्रम बिरुद्ध दिवशको अवसर पारेर आइतबार आयोजित एक कार्यक्रममा पुजनकी आमा गंगालाई चियावारी दैनिकको कार्यालयमा सो रकम हस्तान्तरण गरेका छन् । सहयोग पछि गणेशले भने, ’साच्चै आवश्यकता परेकोलाई सहयोग गरी मानव धर्म निभाउन खोजेको मात्र हो ।’ लक्ष्मीपुर ८ वतासेका गणेश हाल हङकङमा बस्दै आएका छन् ।
चियावारी दैनिकले पुजन हराएको खवर पाएपछि उनको अवस्थाबारे जानकारी लिइरहेको र बालक फेला परेपछि पनि नेपाल ल्याउनकालागि चासोका साथ समाचार सम्प्रेक्षण गरिरहेको सम्पादक श्रेष्ठले वताए । कक्षा तिनमा अध्यनरत पुजन परिक्षा लेख्न हिँडेका उनी घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो । उनी भारतको बिहार राज्य स्थित पुर्णिया, श्रीनगर हातामा फेला परेका हुन् । पुजनकी आमा गंगाले सहयोग गरेकोमा सहयोगी गणेश न्यौपाने र चियावारी पत्रिकालाई धन्यवाद समेत दिइन् । उनले छोरा खोज्न र ल्याउनकालागि थुप्रो पैसा खर्च भएको वताइन् । उनले भनिन्, ‘गणेश सरले पठाउनुभएको रकमले ठूलो राहत भयो, यो सहयोगको प्रतिबद्धताकै कारण छोरालाई छिटै ल्याउन सफल भयौं ।’
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण गंगाका पति हाल बैदेशिक रोजगारीका लागि मलेशियामा रहेका छन् । पुजनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय र महिला तथा वालबालिका कार्यालयबाट कुनै पनि सहयोग नभएको परिवार श्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment