सन्दकपुर पर्यटकीय क्षेत्रमा प्रहरी चौकी माग
इलाम, १० असारः उच्च तहका प्रहरी अधिकृतसामु आम नागरिकले केहि कुरा राख्ने अवसर पाए भने के राख्ने ?? त्यहि त हो, समग्रताको समस्याका कुराहरु, अनि ति गुनासोहरु जुन जिल्ला तहबाट समाधान हुन सक्दैनन् । प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) विज्ञानराज शर्मा, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) केदार रिजाल, प्रहरी उपरिक्षक (एसपी) शुशिल यादव, प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दहाल र नेपाली सेनाका कर्णेल प्रकाश न्यौपाने मञ्चको अग्रभागमा आम इलामे नागरिकको गुनासो सुनिरहेका थिए । कार्यक्रममा सहभागीहरुले पनि इलाम जिल्लामा अत्यावश्यक कुराहरु माग गरे । कार्यक्रम सञ्चालक प्रहरी निरिक्षक (इन्सपेक्टर) महेश खनालले कुरा दोहोरिएको भन्दै वक्तालाई रोक्न खोजेपनि वक्तामध्येका एकले भने, ‘हो, मलाई कुरा दोहोरिएको थाहा छ, तर पनि सन्दकपुर पर्यटकीय क्षेत्रमा प्रहरी चौकीको आवश्यकता छ, कसरी हुन्छ त्यो क्षेत्रमा प्रहरी विट स्थापना गरिदिनुप¥यो ।’ वत्ताहरुमध्ये पूर्व उपमेयर कृष्ण श्रेष्ठ, इलाम उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष इश्वर चिपालु, पत्रकार महासंघ इलामका सुदिप श्रेष्ठ र अर्का अग्रज पत्रकार विजयशेखर भट्टराईले त्यहि कुरा दोहो¥याए । जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी परिसरमा आयोजना गरेको अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिक र प्रहरी विचको समन्वयात्मक भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले समाजमा तत्काल देखिएका तथा भोगिएका घटनाहरु गुनासोको रुपमा राखेका थिए ।
मदिरा तथा लागुऔषध सेवनले इलाम आक्रन्त बन्दै गएको समाजसेवी विष्णु दहालले कार्यक्रममा बताइन् । विहान र दिउसै मदिरा सेवन गरेर सामाजिक सुअबस्थामा खलल पु¥याएको बताउदै दहालले महिला जागरण संघ इलामले समेत शुक्रबारनै एक निर्णय गरि प्रमुख जिल्ला अधिकारीलाई मदिरा नियन्त्रणको लागि कार्यार्थ र प्रहरीलाई बोधार्थ सहयोगको माग गर्दै पत्र काटेको स्मरण गराईन् । इलाममा सखुवाको काठ र युरिया मलको खुला तस्करी भएको गुनासो कार्यक्रममा सहभागीहरुले राखे । सहभागीहरुले प्रहरीले धनीमानी र शक्तिवालाहरुको दवावमा काम गर्ने गरेको समेत आरोप लगाए ।
प्रमुख जिल्ला अधिकारी जनकराज दहालले नेपाल प्रहरी, सशस्त्र प्रहरी अनुसन्धान कार्यालयले आफुलाई शान्ति स्थापना गर्ने कार्यमा सहयोग गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी केदार रिजालले हाल प्रहरीको दरबन्दी धरै खुलाएको बताए । उनले भने, ‘सन्दकपुर जस्तै क्षेत्रहरुमा प्रहरी चौकीहरु र इकाइहरु स्थापना गर्न मेरो प्रतिबद्धता रहन्छ ।’ मेची अञ्चल प्रहरी प्रमुख रिजालले समाजिक सञ्जालको बढ्दो दुरुपयोगले सामाजिक वातावरणलाई समेत असर पारेको बताउदै सो को न्युनिकरण गर्न प्रहरी लागिपरेको बताए । न्युनतम श्रोत साधनको अधिकतम उपयोग गर्ने प्रहरीको नीति रहेको उनले जानकारी दिए । मेची अञ्चलमा प्रहरीले क्राइम एक्सन प्लान बनाएर अपराध न्युनिकरण गर्न तथा अपराधीलाई कानुनी दायरामा ल्याउन लािगपरेको जानकारी दिए ।
एआईजी विज्ञानराज शर्माले नेपाल प्रहरी पहिलेकै जस्तो मात्र भनेर सोच्नु गलत भएको बताए । अपराधका ठुला ठुला घटनाका सम्बन्धमा एकसय ७० राष्ट्र को अपराध अनुसन्धान गर्ने निकाय इण्टरपोलसँग समेत नेपाल प्रहरीको संलग्नता भएको उनले जानकारी दिए । उनले इलाममा ठुला अपराधका पुराना तथा नयाँ घटनाहरु अनुसन्धान गर्नुपर्ने अवस्था भए सिआईवी परिचालन गरिदिने समेत प्रतिवद्धता व्यक्त गरे । आयोजकको तर्फबाट एसपी शुशिल यादवले सबैलाई धन्यबाद ज्ञापन गरे । कार्यक्रममा मेची अञ्चलका प्रहरी प्रमुखहरुको समेत उपस्थिति रहको थियो ।
0 comments:
Post a Comment