इलाम नगरपालिकाले एक घण्टा नबित्दै ग¥यो गुनासो सुनुवाई

इलाम, ९ असारः आदर्श उच्च माविको चरम लापरबाहीको नमुना हेर्न इलाम चोकबाट धेरै टाढा गइरहनु पर्दैन । महिला जागरण संघको भवन भए अगाडीको सडक पुगे हुन्छ । उच्च माविले आफ्नो भुकम्पले क्षतिग्रस्त भएको पुरानो भवन भत्काई माटो फ्याक्ने क्रममा प्रयोग गरिएको ट्राक्टरको आधाबढी माटो सडकमा पोखेका छन् । मनसुन शुरु भएपछि भएको बर्षाले त्यो सडकलाई हिलाम्मे बनाएको छ । हिलाम्मे सडकमा दुईपाङ्ग्रे सवारी दुईवटा चिप्लिएर लडिसकेका छन् । स्थानीयको सो सडकप्रतिको जनगुनासो बढेपछि पत्रकार आस्था पौडेलले आदर्श उच्च माविलाई कारवाही गर्न भन्दै इलाम नगरपालिकाको कार्यालयमा उजुरी दर्ता गरे । दर्ता नं. ७८६६ मा दर्ता भएको सो उजुरी नगरपालिकाको फाइलमा नै थन्किने डर थियो । तर उजुरी दर्ता भएको एक घण्टा नवित्तै इलाम नगरपालिकाले आदर्श उच्च माविको नाममा चलानी नं. ३९६४ को पत्र काट्यो र निवेदकलाई बोधार्थ पनि दियो । इलाम नगरपालिकाकै विभिन्न सेवाग्राहीकै गुनासोको आधारमा आस्था पौडेलले इलाम नगरपालिकाको कार्यालयमा उजुरी गरेकी थिईन् । आस्थाले यसअघि पनि सार्वजनिक गुनासो सुनुवाईका लागि सेवाप्रदायक संस्थाहरुलाई उत्तरदायी बनाउने पहलकदमी र अभियानमा ३ बर्ष काम गरिसकेकी छिन् ।  निवेदकले पत्रमा माग गरेजस्तै नगरपालिकाले कारवाही प्रकृृतिको पत्र भन्दा पनि सम्झाउने प्रकृतिको पत्र काट्यो । पत्रमा नगरपालिकाले नयाँ निर्माण हुने भवनको नक्सा पासको प्रकृया अगाडी बढाउन समेत आदर्श उच्च माविलाई भन्यो । नगरपालिका जस्तो व्यस्त स्थानीय निकायले आम नागरिकको गुनासोको तत्काल रेस्पोन्स गरिनु नै सुशासनको पहिलो कदम भएको आस्थाले वताएकी छिन् । सबै सरकारी तथा सार्वजनिक चासोका कार्यालयहरुले सेवाग्राही र आम सर्वसाधारणको रेस्पोन्स यसरी नै गर्न सके सुशासन कायम हुन कत्ति पनि बेर नलाग्ने उनले बताइन् ।
आदर्श उच्च मावि इलामका प्रधानाध्यापक कुमार पौडेलले उजुरीमा उल्लेख भएको गुनासो सत्य भएको स्विकारे । उनले भने, ‘बाटो हिलो भएको महसुस गरेर निर्माण समितिको बैठक बसी काम हामीले रोक्ने निर्णय गरिसक्यौं ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment