इलामे चेली सुस्मिताको शान

शिव मुखिया

इलाम, १ मंसिरः इलामकी सुस्मिता निरौला (२४) यतिबेला दुवई पुगेकी छिन्, कराते प्रशिक्षकको हैसियतले । यसरी अन्तराष्ट्रिय स्तरमा प्रशिक्षक रुपमा विदेश पुग्ने उनी पहिलो नेपाली महिला हुन् । सुस्मिता मोजना डोजो अल्कासिस, हेसा डोजो, एतिसलात एकेडेमी मुहाइस्नाह र कराते किड मार्सल आर्ट एकेडेमी दुवईमा लेडी कोचको रुपमा सक्रिय छिन् । “निरन्तरको अभ्यासले मलाई यस स्थानसम्म ल्याइपु¥याएको हो” सुस्मिता भन्छिन् । आफ्नो यो सफलताको पछाडि गुरु इन्द्र बज्राचार्य र योगेश चाम्लिङप्रति आभारी छिन् ।
कोलबुङको स्थानिय शान्ति निकेतन उमाविबाट प्लस टु सिध्याएकी सुस्मिताले खुला प्रतिस्पर्धाबाट सो अवसर पाएकी हुन् । देशभरका २० जना महिला कराते प्रशिक्षक मध्येबाट उनी छानिएकी अन्तराष्ट्रिय प्रशिक्षक तथा निर्णयक योगेश चाम्लिङले बताए । दुवईका स्थानीय क्लबबाट लिइएको भर्चुअल प्रतियोगितामा उनले अन्य सहभागीलाई उछिनेकी हुन् ।
नौ वर्षकै उमेरदेखि कराते खेल्न शुरु गरेकी हुन्, उनले । त्यसयता उनी अविछिन्न यसै खेलमा सक्रिय छिन् । पाँचौ तथा छैटौ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न प्रतिस्पर्धामा भिडेकी सुस्मिताले कोलकोता, दार्जिलिङ लगायतमा समेत आफ्नो खेल कौशल प्रदर्शन गरेकी छिन् । सुस्मिता, ब्ल्याक वेल्ड थर्ड डान हुन् । पाँच फिट तीन इन्च अग्ली उनले राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट स्कुल स्पोर्टस् टिचर्स ट्रेनिङ र नेपाल इन्स्ट्रक्टर सर्भिस ट्रेनिङमा विशिष्ठ श्रेणी हासिल गरेकी छिन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment