भारतीय फोनमा निर्भर नेपाली, जहाँ नेपाली नेटवर्क टिपाउन आधाघण्टा धाउनुपर्छ

टीका खतिवडा

समालबुुङ, १ मंसिर: इलाम समालबुुङ तीन की एलिना घिसिङ हाल कक्षा १२ मा अध्ययन गर्छिन । उनले मोबाइल चलाउन थालेको करिब पाँच वर्ष बितिसक्यो । उनको जन्म नेपालमा नै भएको हो ता कि उनी नेपाली नै हुन् । तर उनले हाल सम्म भारतीय मोबाइल कम्पनीको सिम नै चलाउनुपर्ने बाध्यता छ । उनी मात्र हैन समालबुुङ गाविसका अधिकांस बासिन्दाले भारतीय कम्पनीकै मोबाइल (सिम) चलाउँदै आएका छन् । नेपाली मोबाइल कम्पनीका कुनै पनि सिम सो त्यस क्षेत्रमा चल्दैनन् । ता कि नेपाली मोबाइल कम्पनीका सिम प्रयोग गरे पनि नेटवर्क आउँदैन ।  एलिनाले भारतीय सिम चलाउन भारतका उनकै साथीको आइडीबाट सिम झिक्न लगाएर चलाउँदै गरेको बताइन् । उनको घरमा दुुई दुुईवटा फोन छन्, दुुइवटै फोनमा भारतीय सिम प्रयोग गरेको उनले बताइन् । उनी मात्र हैन त्यस क्षेत्रका अधिकांस बासिन्दाले भारतीय चिनेजानेका मानिसहरुको नागरिकता वा अन्य केही प्रमाणित कागजातबाट भारतीय सिम खरिद गर्न लगाएर फोन चलाउँदै आएका छन् । नेपाली मोबाइलको नेटवर्क टिपाउन आधाघण्टा उकालो चढ्नुु पर्ने एलिनाले बताइन् ।  समालबुुङ मात्र हैन जिर्मले वडा नम्बर एक, दुुई र तीन नम्बर वडाका बासिन्दाले समेत भारतीय मोबाइल कम्पनीकै सिम प्रयोग गर्नुु पर्ने बाध्यता छ । जिर्मले स्थित सलकपुरबासीले वर्षौदेखि नेपाली मोबाइल सेवा बिस्तारको माग गरेपनि अहिलेसम्म सम्न्धित निकायले वास्ता नगरेको उनीहरुको दुखेसो छ ।  
प्राय सबैजसोको घरमा दुुई देीख पाँचवटा सम्म मोबाइल हुन्छन्, तर सै फोनमा भारतीय सिम नै प्रयोग गर्नुुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । स्थानिय बासिन्दाहरुले पटक–पटक सेवा प्रदायक नेपाल टेलिकममा सो क्षेत्रमा टावर बिस्तार गरी नेटवर्क उपलब्ध गराउन माग गर्दै आएका छन् । 
नेपाली फोनबाट वञ्चित बन्नुुपर्दा सञ्चारकै पहुँच बाहिर रहेको महसुुस हुने गरेको स्थानीयबासी बताउँछन् । स्थानीय गोविन्द पौडेलका अनुुसार नेपाली मोबाइलको सेवा नभएपछि सलकपुरबासीले विकल्पको रुपमा भारतीय कम्पनीको मोबाइल प्रयोग गर्नुु परेको हो । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा रहेपनि पहाडी क्षेत्र भएकाले भारतीय मोबाइलको नेटवर्क पनि राम्रो छैन । कतैकतै नेटवर्क टिप्ने भएकाले त्यसैबाट काम चलाउने गरेको उनको भनाई छ । जिर्मलेका मात्रै तीन सय पचास भन्दा बढी घर परिवारले भारतीय मोबाइलकै भर पर्नुपरेको छ ।
नेपाली कम्पनीको मोबाइलमा भारतीय कम्पनीको मोबाइलबाट फोन गर्दा राम्रोसँग सम्पर्क नहुने, सम्पर्क भए पनि बढि खर्च हुने भएकाले उनीहरुले तत्कालै सो क्षेत्रमा नेपाली मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई सेवा विस्तार गर्न आग्रह गर्दै आएका छन् । फोन नबुुझिने र बढि खर्च हुने डरले त्यस क्षेत्रका बासिन्दा सानो काम पर्दा पनि घण्टौ हिँड्ने गरेको दुखेसो पोख्छन् ।  त्यस क्षेत्रबाट नेपाली कम्पनीका मोबाइलमा सम्पर्क गर्दा प्रतिमिनेट भारतीय दश रुपैंयाँ खर्च हुने गरेको उनीहरु बताउँछन् । भारतीय सिमकार्ड चलाउँदा महङ्गो पर्ने भए पनि उनीहरु उपलव्ध सञ्चारको उपयोग गर्न त्यही सिम चलाउन बाध्य छन् । दश रुपैंयाँमा नै रिचार्ज पाइने, र भारतीय नेटवर्क भित्र मात्र कल गर्दा भने सस्तो समेत हुने गरेको उपभोक्ताहरु बताउँछन् । 
समालबुुङमा सीमापारीको आइडिया र भोडाफोनको मात्र नेटवर्क टिप्ने भएपनि जिर्मलेको सलकपुरमा भने भारतीय कम्पनीकै रिलायन्स, एयरटेल, एर्सियल, भोडाफोन जस्ता मोबाइल  कम्पनीको नेटवर्क आउने गरेको छ । नेपाली मोबाइल कम्पनी नमस्ते, युटिएल, स्काइ, एनसेललगायत कुनै पनि मोबाइलको नेटवर्क नआउँदा कहिलेकाही नेपाली नै हौँ र ? भन्ने प्रश्न बेलाबेला मनमनमा उव्जीने समालबुुङका फुर्वा घिसिङ बताउँछन् ।  नेपाल टेलिकम इलाम शाखाले भने जिर्मले र समालबुुङ दुवै स्थानमा टावर घर निर्माण भइसकेको र तत्कालै टावर विस्तार गर्ने जानकारी दिएको छ । इलाम शाखा प्रमुख ज्ञाननाथ सापकोटाका अनुुसार समालबुुङ चार स्थित कँडेलडाँडामा टावर घर निर्माण भइसकेको छ । समालबुुङमा स्काइ (सिडिएमए)को टावर बिस्तार गरिने भएकाले एक महिना भित्रमा सेवा सञ्चालन हुने प्रमुुख सापकोटाले बताए । उता जिर्मले गाविसमा भने टावरघर निर्माण भइसके पनि विद्युत आपुर्ति गर्न बढि खर्च लाग्ने भएकाले अलि बढि समय लाग्ने बताए । उनका अनुसार कम्पनीले सो स्थानको टावर निर्माण गर्न चाइनिज कम्पनीलाई नै ठेक्का दिएकाले आफुलाई खासै जानकारी नभएको पनि बताए । तीन किलो मिटर टाढाबाट विद्युत ल्याउनुपर्ने भएकाले समय लाग्न सक्ने उनको भनाई छ । नेपाली सेवा प्रदायक मोबाइल कम्पनीहरुले नेपालमा राम्रै ब्यापार गरेको बताउँदै आए पनि नेपालका सबै क्षेत्रमा नेटवर्क विस्तार गर्न सकेका छैनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment