उपराष्ट्रपति पासाङद्वारा कन्याम अवलोकन (फोटो फिचर)





कन्याम, १६ पुसः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गरेका छन् । उनले शनिबार पर्यटकीय क्षेत्र कन्यामको चिया बगानको अवलोकन भ्रमण गरेका हुन् । उपराष्ट्रपति पासाङले शनिबार नै सुर्योदय नगरपालिको सुन्दरपानी स्थित चिया कारखाना, गोरखा टि स्टेट प्रा.लि.को समेत निरिक्षण भ्रमण गरेका थिए । सो अवसरमा उनले चिया कारखानाका सञ्चालक र चिया कृषक तथा मजदूरसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा उनले आर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे ।  शनिबार नै उपराष्ट्रपतिले सूर्योदय नगरपालिको पञ्चकन्यास्थित करफोक बहुमुखी क्याम्पसको पनि निरिक्षण भ्रमण गरेका छन् । भ्रमणको क्रममा क्याम्पस सञ्चालन समितिका पदाधिकारीले क्याम्पस सञ्चालनका लागि विभिन्न समस्या रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन उपराष्ट्रपतिलाई आग्रह गरेका थिए । जवाफमा उपराष्ट्रपतिले लामो इतिहास बोकेको करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।
सातौँ राष्ट्रिय खेलकूद समापनका लागि शुक्रबार सुनसरीको धरान आएका उपराष्ट्रपति शुक्रबारै साँझ इलामको पर्यटकीय क्षेत्र कन्याम पुगेका थिए । शनिबार पनि उपराष्ट्रपति कन्याम बस्ने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment