महमाई, १६ पुस (चियाबारी संवाददाता)ः करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाईमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
सेल्फी खिच्दै गर्दा मृत्युु
इलाम, १६ पुसः मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नम्बरको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिच्दै गरेका सम्बाहाम्फेलाई ठक्कर दिएको थियो । सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वा घाइते भएका छन् । झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडक पेटीमा मोटरसाइकल रोकेर सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दिएको थियो । रासस
0 comments:
Post a Comment