प्राणी भएर कुल यो अति पिर पाएँ
स्वामी भनेर म झुँके तर ब्यर्थ कुट्छौँ
गो पुुत्र हुँ म पनि लौ किन मार्न लग्छौ ?’
टिका खतिवडा
फिक्कल १७ पुस ः माथीका वसन्त तिलका छन्दमा रहेको कविताका भावहरु कवि नुरज भट्टराई ‘नदी’ ले रेडियो फिक्कल इलामको नौँ वार्षिक उत्सवको अवसरमा प्रस्तुुत गरेको एक अंश हो । कवि भट्टराईले पशुलाई विषयबस्तु बनाएर कविता सिर्जना गरेका हुुन् । पशुुका विषयमा खासै साहित्य सिर्जना हुने नभए पनि उनले घरपालुुवा गाई र गाईले प्राण रक्षामा मानिसको जीवनमा खेलेको भुुमिका विषयमा साहित्य सिर्जना गरेका हुन् । उनले साहित्यमा गाईलाई मानिसले पाल्ने र आफ्नो स्वार्थपुर्ति गरेर थारो भएपछि मासुुका लागि बिक्री गर्ने यथार्थ घटनालाई वर्णन गर्दा उपस्थित श्रोता र दर्शकहरुले चाख मानेर सुनीरहेका थिए । उनीहरुले उनको सो साहित्यलाई टाउको हल्लाएर मौनता समर्थन गरिरहेको भान त्यहाँ देख्न सकिन्थ्यो । त्यस्तै त्रियासी वर्षिय तेजबहादुर थापा झनै अनौठो तरिकाले मन्चमा प्रस्तुुत भए । उनले साहित्य मार्फत नै उपस्थित सबैलाई सम्बोधन गरे अनि साहित्य समेत प्रस्तुुत गरे । उनले सिर्जना गरेको साहित्य समेत देशप्रेममा ओतप्रोत भएको थियो । कार्यक्रममा साहित्यकार रणविर राईले गत २०७२ सालमा गएको भूकम्प अनि त्यसो पिडा र हालसम्म सरकारको उदासिनताले जनताका पिडालाई प्रस्तुुत गरेका थिए । उनले भारतले गरेको नाकाबन्दी र इलामका धार्मिक र पर्यटकिय स्थलको समेत साहित्य मार्फत नै चर्चा गरे । नेताहरु जनताका सेवक बन्नुपर्ने भए पनि जनतामाथी अंकुश लगाउन माहिर रहेको चर्चा गरेका थिए । वार्षिक उत्सवको अवसरमा रेडियो फिक्कल नब्बे दशमलव छ मेघाहर्जले समसामयिक विषयवस्तुु माथी छलफल तथा साहित्यिक जमघटको आयोजना गरेको थियो । कार्यक्रममा साहित्यकार तथा श्रष्ठा, ज्ञानेन्द्र गदाल, कुवेर राई, दिपकदिवश खतिवडा, मुक्तिनाथ गजुरेल, भुुवनराज ढुुङ्गाना लगायतले साहित्य प्रस्तुुत गरेर सभालाई साहित्यिक माहोलमा प्रवेश गराएका थिए । रेडियोले स्थापनाकाल देखी नै सिमा पारिबाट सुुचना संप्रेक्षण गरेको भन्दै आरपी गौतम र धार्मिक कार्यक्रम प्रस्तोता दुुर्गाप्रसाद काफ्लेलाई प्रशंसापत्र प्रदान गरिएको थियो । माई पुर्वको एक ससक्त संचार माध्यमका रुपमा स्थापित रेडियोले फिक्कलले सिमा पारी रहेका नेपाली भाषीका रहनसहन र गतिविधिलाई समेत स्थान दिँदै आएको छ । कार्यक्रममा उपस्थितहरुले संचारमाध्यमले समाजमा खेलेको भुुमिका एक अर्कामा साटासाट गर्ने काम गरेको भन्दै जिम्मेवार हुुन आवश्यक रहेको बताएका थिए । रेडियो संचालक समितिका संस्थापक सदस्य पुुजन प्रधानको अध्यक्षता तथा सुुर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित राजनितिक दलका प्रतिनिधिहरुलाई टोकन मार्फत प्रश्न गरिएको र उनीहरुले सभामा नै जवाफ दिनुुपर्ने प्रावधान राखिएको थियो । समसामयिक विषयवस्तु माथी उनीहरुले तत्कालै जवाफ दिनुुपर्ने भएकाले पनि श्रोता तथा उपस्थितहरुले रोचक रुपमा लिएका थिए । रेडियोको हालसम्मको प्रगति र रेडियोले झेल्नुपरेका बेदनाका बारेका ब्यवस्थापक जय राईले जानकारी गराएका थिए भने संचालन समाचार प्रमुख राजकुमार दाहालले गरेका थिए । रेडियो फिक्कलले हाल सम्म नेपाली गीत मात्र प्रस्तुुत गर्दै आएको छ ।
0 comments:
Post a Comment