इलाम, १८ पुसः पश्चिमी वायुको प्रभाव (वेष्ट्रन्ली डिस्ट्रभेन्स)का कारण उत्पन्न भएको मौसमी गडबडीका कारण सोमबार इलामको उत्तरी क्षेत्रको अधिकांश भागमा असिना सहितको वर्षा तथा हिमपात भएको छ । भारतको जम्मुकश्मिरबाट शनिबार बिहान सूदूरपश्चिम हुँदै प्रवेश भएको पश्चिमी वायुको प्रभावका कारण बर्षा तथा हिमपात भएको मौषम विज्ञान महाशाखाले बताउदै भनेको छ, ‘मौसमको यो बदली यो वर्षको हिउँदको दोस्रो गडबडी हो ।’ उत्तरी इलामको मेघ्मा, तुम्लिङ, जौबारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ, सन्दकपुरमा सोमबार मध्यान्नमा असिना सहित बर्षा भएपनि साँझमा हिमपात भएको छ । उत्तरी गाविसहरुमा अत्याधिक चिसो समेत बढेको जौबारीका स्थानीय पासाङ शेर्पाले बताए । उनले भने, ‘बिहानसम्म त असिना पानी मात्र पर्दैथ्यो, अहिले त हिउँ पनि परिरहेको छ ।’ जमुनाबाट पत्रकार कुमार गुरुङले पनि सो क्षेत्रमा बर्षासँगै चिसो बढेको जानकारी दिएका छन् । यता प्याङबाट पत्रकार लोकेन थेवेले सो क्षेत्रमा असिनापानी परेको जानकारी दिएका छन् । मौसमी बदलीसँगै अधिकांश भागको अधिकतम र न्युनतम तापक्रमसमेत घटेको छ । चिसो बढेसँगै उत्तरी इलामको जनजीवन कष्टकर बनेको छ तर पर्यटकीय स्थलहरुमा भने सिजनका पर्यटक हिउ खेल्न आउने आशले उत्साहित भएका छन् ।
जम्मु काश्मिरबाट वायुमण्डलको माथिल्लो तह हुँदै आएको पश्चिम वायुको प्रभावका कारण मौसममा आएको बदली शनिवार रातिदेखि पूर्वतिर सर्दै आएको हो । इलामसँगै देशभरकै पहाडी तथा हिमाली जिल्लाहरुमा मौसममा बदली भई बर्षा तथा हिमपात भएको समाचार प्राप्त भएको छ ।
0 comments:
Post a Comment