इलाम, २७ पुसः चियाबारी दैनिकले आफ्नो पहिलो बार्षिकउत्सव समारोहविच आफ्ना सम्वाददाता र सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । समारोहविच चियाबारी दैनिकका सम्वादाताहरु मनिषा चौलागाई, संगीता सुहाङ र गोविन्द पौड्याल र कार्टुनिष्ट प्रेम केसी सम्मानित भए । देउमाई नगरपालिकाबाट मनिषा र जिर्मले गाविसबाट गोविन्द चियाबारीका लागि सम्बाददाता हुन् । यसैगरि राष्ट्रिय वन पैदावार व्यवसायी संघ इलाम र चियाबारी मिडिया प्रालि इलामका अध्यक्ष डम्बर खड्का कार्यक्रमविच सम्मानित भए । संघ र खड्काले चियाबारी दैनिकको एक बर्षे यात्राको क्रममा महत्वपूर्ण सहयोग गरेका छन् । कालिध्वज गणका गणपति प्रकाश लामिछाने, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख शुशिल यादव, पत्रिकाका प्रधान सम्पादक धिरेन चेम्जोङ र प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी सुजन फागोले उनीहरुलाई प्रशंसापत्र हस्तान्तरण गरे । चियाबारी दैनिकको एकबर्षे यात्राको सहयात्रामा महत्वपूर्ण योगदान पु¥याएबापत उनीहरुलाई सम्मानित गरिएको चियाबारी दैनिकका प्रकाशक राजेश पराजुलीले बताए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment