उमेश राईले जिते सुनको सिक्री, चियाबारी बार्षिक ग्राहक पुरस्कार

इलाम, २७ पुसः बुधबार विहानको ठीक साढे सात बजे जिविस परिसरमा भीड जम्मा भइसकेको थियो । चियाबारी दैनिकले आफ्नो बार्षिकउत्सबको अवसर पारेर आफ्ना बार्षिक ग्राहकलाई सुनको सिक्री चिठ्ठा उडाउने भन्दै आफ्ना ग्राहकलाई जिविस परिसरमा बोलाएको थियो । पत्रिकाका सञ्चालक समितिका सदस्यहरु प्रमोद रिजाल, निशान्त गुरुङ, सुमन खनाल, सुनिल गौतम, प्रविण श्रेष्ठ र पत्रिकाका प्रधान सम्पादक धिरेन चेम्जोङ साक्षी बसे चिठ्ठा उडाउने कार्यक्रममा । युवा अधिकारकर्मी मदन घिमिरे र जिविस इलामका कर्मचारी कमल खनाल दुइवटा बाकसबाट ग्राहकको टुक्रा रसिद र पुरस्कार लेखिएको पट्याइएको कागज पालैपालो निकाल्न थाले । नेकपा माओवादीको जिविसमानै सञ्चालन भइरहेको अधिवेशन समयमा शुरु नभएकोले त्यहाँका सहभागीले समेत साथ दिदै थिए चिठ्ठा कार्यक्रममा । ग्राहकहरु आफ्नो नाम एउटा बाकसबाट निस्कदा अर्को बाकसबाट सुनको सिक्री निस्कियोस् भन्ने कामना गर्थे । धेरैजना ग्राहकको नाम बाकसबाट बाहिरिसकेपछि कमल खनालले एउटा टुक्रा निकाले, लेखिएको थियो, इलाम कम्युनिटी हेल्थ केयर, अर्को बाकसबाट मदन घिमिरेले निकाले कागजका टुक्रो, लेखिएको थियो, बधाई छ, तपाईलाई प¥यो सुनको हार, अरुलाई नमस्कार, तपाईकै भो उपकार ।’ इलाम कम्युनिटी हेल्थ केयरका उमेश राईले जिते एक तोलाको सुनको सिक्री । बार्षिकउत्सवको कार्यक्रमविच निमित्त प्रमुख जिल्ला अधिकारी सुजन फागोले उनलाई एक तोलाको सुनको सिक्री प्रदान गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment